
वाग्मती ९ चैत । मकवानपुरको दुर्गम क्षेत्रका रुपमा रहेको कैलाश गाउँपालिका–१ को सबै स्थानमा विद्युतीकरणको कार्य सम्पन्न भएको छ । आजदेखि त्यस क्षेत्रका जनताले बिजुली बाल्न शुरु गरेको बताइएको छ । वडाको खोलाखर्क र फुलढुङ्गामा विद्युतीकरण भएसँगै सो वडाका ४२० घरमा बिजुली बलेको वडा नं १ का अध्यक्ष पेमा योञ्जनले जानकारी दिए ।
गत आवमा नेपाल विद्युत् प्राधिकरण मार्फत उक्त क्षेत्रमा जनप्रतिनिधिको सहजीकरणमा दुर्गम गाउँमा उज्यालो पु¥याउने अभियान शुरु भएको यियो । सोही अभियानबमोजिम प्राधिकरणको बजेट विनियोजन गरी कार्यान्वयन गर्दा कैलाश गाउँपालिका–१ मा पूर्णरुपमा बत्ती बलेको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्कबहादुर मोक्तानले जानकारी दिए ।
कैलाशसँगै मकवानपुरको थाहा नगरपालिका, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाका दुर्गम गाउँमा पनि विद्युतीकरणको काम भइरहेको प्राधिकरण विद्युत् वितरण केन्द्र शाखा कार्यालय पालुङले जनाएको छ । केन्द्रका प्रमुख विनोद अधिकारीले योजनाबद्धरुपमा ग्रामीण विद्युतीकरणमा जोड दिएको बताए । कैलाश गाउँपालिका–१ मकवानपुरको थाहा नगरपालिकाबाट तीन घण्टाको यात्रापछि मात्रै पुगिने धादिङ जिल्लासँग जोडिएको छ ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




