
सिमकोट, ११ चैत । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरले हुम्लाका चार गाउँपालिका छोएको छ । यसअघि तल्लो क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकामा छोइसकेको थियो ।
कालीकोटको खुलालुदेखि लैफु कवाडी हुँदै सलीसल्लाखण्डको १२३ किलोमिटर क्षेत्रमध्ये सबैभन्दा असजिलो र चट्टानी भाग नेपाली सेनाको विकास निर्माण दलले छिचोलेको सो खण्डका योजना प्रमुख सेनानी मिलन कार्कीले जानकारी दिए । उनका अनुसार चट्टानको लेवल मिलाउने, पर्खाल लगाउने र ग्याबिन भर्ने कामसमेत शुरु भएको छ । यहाँको सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकाबीच कर्णाली करिडोरअन्तर्गत खण्डको असजिलो क्षेत्रमा रहेको सलीसल्ला भिर छिचोलिएपछि जिल्लाका चार वटा गाउँपालिका जोडिएको छ ।
जिल्लाकै अतिअप्ठ्यारो र चट्टानैचट्टान भएको सो क्षेत्रको भिर नेपाली सेनाले डेढ वर्षमा छिचोल्न सफल भएको हो । सलीसल्लाको भिर फुटाएर सडक निर्माण गर्न सेना सफल भएको सर्केगार्ड गाउँपालिका गाउँपालिकाका उपाध्यक्ष जोसी धामीले बताए । उनले भने, “अब हाम्रो गाउँपालिका पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ, विभिन्न खाद्य वस्तुदेखि भौतिक निर्माणका सामग्री सहज र सस्तोमा भित्राउन सकिने भएकोमा हामी खुशी छौँ, सेनालाई धेरैधेरै धन्यवाद ।”
अझै करिब ६०० मिटर लम्बाइ भएको सो भिरका चट्टान फुटाउन कामदारले शरीरमा डोरी बाँधेर काम गरिरहेका छन् । बीस मिटर चट्टान विष्फोट गरेर सडक निर्माण गरिएको छ । अब असजिलो भिरमा ट्रयाक खोल्ने कार्य पूरा भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लामा सलीसल्ला क्षेत्रसम्मको सडकमध्ये कालीकोटमा ४०, बाजुरामा ४४ र हुम्लाको २७ किलोमिटरमा सडक निर्माण कार्य पूरा भएर यातायात सञ्चालन हुँदै आएका छन् । हुम्ला खण्डको बालुकुनाबाट सलीसल्लासम्मको १२ किलोमिटरमा सेनाले अन्तिम चरणको निर्माण गरिरहेको छ । सो क्षेत्रमा चैतभित्र ट्रयाक खोलिसक्ने र असारसम्म गाडी गुडाउनयोग्य बनाइने सेनाले जनाएको छ ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




