जर्जियाका सभामुखद्वारा राजीनामा

-



     सफल आवाज    
     वैशाख १२ गते २०७८ मा प्रकाशित



तिब्लिसी, १२ बैशाख । जर्जियाका सभामुख अर्चिल तलाक्भाडजले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

“सत्तारुढ दल र विपक्षी दलका बीचमा सम्झौता गराउने पटक पटक प्रयास गर्दा पनि नभएपछि राजीनामा दिनु उचित ठानेर राजीनामा दिन लागेको हुँ,” उनले भने । सकेसम्म तटस्थ भूमिका खेल्न खोज्दा आफूलाई गाह्रो मानिएकाले जिम्मेवारीमा बसिरहन नसकेको उनले बताएका छन् ।

सत्तारुढ दल जर्जियाली ड्रिम पार्टीका अध्यक्ष इराक्ली कोबाखीजका अनुसार सभामुखको जिम्मेवारी काखा कुचाभलाई दिने तयारी भएको छ । तलाक्भाडज सभामुख रहेका बेला कुचाभ उपसभामुख रहेका थिए । उनी सन् २०१६ देखि सत्तारुढ दलको सांसद समेत हुन् ।