पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

-


     सफल आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित


पोखरा, २१ वैशाख । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका ६ का ७६ वर्षीय पुरुष हुन् ।

गत वैशाख १७ मा कोरोना संक्रमण पुष्टि भएकोमा उनको मंगलबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो सहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । २ दिनअघि गण्डकीमा एकै दिन ८ जनाको ज्यान गएको थियो ।