
पोखरा, २१ वैशाख । कास्कीमा एकै दिन ३ सय १० जना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिनमा भेटिएका संक्रमितमध्ये उच्च हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार गण्डकीमा गएको २४ घण्टामा ९ सय ३ पिसिआर परीक्षणमा ४ सय २९ संक्रमित भेटिएका हुन् । प्रदेशका अन्य जिल्लाका तुलनामा कास्कीमा सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् । यो सहित कास्कीमा हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७८ जना पुगेको छ । कास्कीमा हालसम्म १ सय ३१ जनाको मृत्यु भएको छ ।
गण्डकीमा भने कुल संक्रमित संख्या १९ हजार ८ सय ५३ पुगेको छ । तीमध्ये १७ हजार ७२ निको भएका छन् भने २ सय ३५ को ज्यान गएको छ । गएको २४ घण्टामा ६३ जना निको हुँदा ३ जनाले ज्यान गुमाए । हाल प्रदेशभर २ हजार ३ सय ५४ जना होम आइसोलेसनमा बसेका छन् ।
गएको २४ घण्टामा नवलपुरमा ५१, स्याङ्जामा ४, बागलुङ ३३, तनहुँ १६, लमजुङ ८, मुस्ताङ ४ पर्वत र म्याग्दीमा १/१ जना संक्रमित भेटिएका हुन् ।
आइसियुमा ३४, भेन्टिलेटरमा ३ र एचडीयुमा १४ जनाको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले बताए ।
कास्कीपछि सबैभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला हो, बागलुङ । बागलुङमा हाल २ सय २२ सक्रिय संक्रमित छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा दिनानुदिन कोरोनाका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा कडाइ गरेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार पोखराको बजार सुनसान भयो । सडकमा पातलो संख्यामा मात्रै सवारीसाधन गुडेका थिए । मानिसहरु पनि बाहिर खासै निस्केका छैनन् ।
प्रशासनले गत वैशाख १५ देखि एक साताका लागि निषेधाज्ञा आदेश जारी गरेकोमा कोरोनाको महामारी बढ्दै गएपछि कडाइसहित अवधि थपेको हो । वैशाख २१ देखि ३१ सम्म अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाइने छैन भने छुट प्रदान गरिएका बाहेक निजी तथा सार्वजनिक यातायातका साधन चल्न रोक लगाइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




