पोखरामा थप ४ कोरोना संक्रमितको मृत्यु

-


     सफल आवाज    
     वैशाख २३ गते २०७८ मा प्रकाशित


पोखरा, २३ वैशाख । कोरोना संक्रमितको दर दिनहुँ बढ्दा मृत्यु हुनेको संख्या पनि बढेको छ । पोखरामा गएको २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भयो ।

पोखरा–१७ का ७३ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा बुधबार साँझ मृत्यु भयो । उनलाई वैशाख १८ मा संक्रमण पुष्टि भएको थियो ।

पोखरा–३ का ८७ वर्षीय पुरुषको बुधबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनलाई वैशाख २१ मा संक्रमण पुष्टि भएको हो ।

यस्तै मणिपालमै पोखरा–२९ का ४१ वर्षीय संक्रमित पुरुषको बिहीबार मृत्यु भयो । उनलाई बुधबार संक्रमण देखिएको थियो ।

म्याग्दीको धवलागिरी गाउँपालिका–२ की ७२ वर्र्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा बिहान मृत्यु भयो ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ४९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।