
पाेखरा, २५ वैशाख । म्याग्दी बेनीकी सविनालाई डाक्टरले दिएको डेलिभरी समय १२ दिन काट्दा पनि सुत्केरी व्यथा लागेन । उनी तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आइन् । उनको त्यहाँ भिडियो एक्सरेदेखि कोभिड परीक्षणसम्म भयो । उनीमा कोभिड पोजेटिभ देखिएपछि र भिडियो एक्सरेका रिपोर्ट हेरेपछि सुत्केरी व्यथा लागेपछि मात्र आउनू भनेर डाक्टरहरुले फर्काईदिए ।
एक त बेनीबाट आएकी महिला, अर्को कोभिड पोजेटिभ अझै १२ दिन डेलिभरी समय काटेको कारण गर्भवती सहित परिवारजन चिन्तित थिए । सरकारी अस्पतालले नै फर्काएपछि उनिहरु सारै आतिए । तैपनि धैर्य गरेर उनीहरुले पोखराका केही अस्तालमा फोन घुमाए । कोभिड पोजेटिभ भन्ने बित्तिकै केही अस्पतालहरुले अप्रेसन गर्न नसक्ने बताएपछि उनीहरुले नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलमा अन्तिम सम्पर्क गरे । चरक मेमोरियल हस्पिटलमा गरेकाे अन्तिम फाेनले सविनाकाे उपचारकाे गन्तब्य भेटियाे ।
चरकले काेभिडकाे खतराकाे सामना गरेर उनको उपचार सम्पन्न गर्याे । हस्पिटलका डा बिष्णु भण्डारीको टीमले कोभिड पोजेटिभ गर्भवती ती महिलाको सफल सल्यक्रिया गरी छोरा पाएको खबर उनको परिवाजनलाई दिएकाे थियो । यस्तो अवस्थामा चरक मेमोरियलले आमा र बच्चा दुबैको ज्यान बचाई दिएकोमा परिवारजनले धन्यवाद दिए ।
उपचारमा संलग्न डाक्टर भण्डारीका अनुसार उनको बच्चाको धड्कन तलमाथि भइरहेको थियो, पाठेघरभित्रको पानी कम भएकाले तत्कालै अपरेशन गर्नुपरेको थियाे । कोभिड समेत लागेकोले विशेष ख्याल राख्दै बच्चा र आमाको ज्यान जोखिमबाट बचाउने उपाय सहित अपरेशन सफल भएको थियो । मेडिकल टोलीले उच्च सतर्कता अपनाएर अपरेशन गरेको थियाे । हाल कोभिडको असर र आमा बच्चाको स्वास्थ्य अवस्था हेरेर थप उपचार गरिरहेकाे बताइएकाे छ ।

चरक मेमोरियल हस्पिटलका मेडिकल डाईरेक्टर डा. दीपक महर्जनले कोभिड र आकस्मिक बिरामीहरुको लागि विशेष प्राथमिकता राखेर उपचार अगाडि बढाइएको बताए । पछि गर्दा पनि हुने अप्रेशनलाई छोडेर अहिले नै गर्नुपर्ने र कोभिडका विशेष सिरियस केशहरुको उपचारमा चरक मेमोरियलकाे टिम खटिरहेको उनले बताए ।
हाल चरकमा कोभिड संक्रमितकाे उपचारकाे चाप बढेपछि नियमित स्वास्थ्य उपचार सेवाको अतिरिक्त अहिले काेभिडका बिरामीका लागि छुट्टाइएकाे ३७ बेडबाट १५ बेड क्षमता बिस्तार गरी ५२ बेडमा काेभिडका बिरामीकाे उपचार गराइरहेकाे हस्पिटलका अध्यक्ष समेत रहेका वरिष्ठ फिजिसियन डा बद्री पाैडेलले सफल आवाजलाई बताए । अहिलेकाे याे असहज परिस्थितिमा चरककाे मेडिकल टिम २४ घण्टा खटेर सुरक्षित र विश्वशनीय स्वास्थ्य सेवामा लागिपरेकाे डा. पाैडेल बताउँछन् । चरक मेमाेरियल हस्पिटल गण्डकी प्रदेशमा काेराेनाकाे उपचार गर्ने निजी क्षेत्रकाे पहिलाे हस्पिटल पनि हाे ।
पछिल्लो समय पोखरामा कोभिडका बिरामीकाे संख्या बढ्दो छ । दैनिक सयौंको संख्यामा बिरामीहरु थपिइरहेका छन् । कसरी सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा दिन सकिन्छ भनेर चरक दिनरात खटिरहेको हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए।
हस्पिटलको पहिलो प्राथमिकता भनेकाे बिरामी बचाउनु हो। सुरक्षित उपचार गरेर घर फर्काउनु हाम्राे कर्तब्य हाे, जुन हामीले गरिरहेका छाैं । जनताको दुःख र सुख दुवैमा चरकले साथ दिइरहेको छ । हामी बिरामीको उपचारमा कुनै कमी हुन दिदैँनौं, बिरामीको रोगको प्रकृति र आवश्यकताको आधारमा उपचार अगाडि बढाउँछौं । चरकप्रति सेवाग्राहीकाे बढ्दाे बिश्वासले हामीलाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न अझैं हाैसला थपेकाे छ, प्रबन्ध निर्देशक पोखरेलले भने । पोखराको नागढुंगामा रहेको सम्पुर्ण सुविधा सम्पन्न चरक मेमोरियल होस्पिटलले कोभिडका अतिरिक्त सबै प्रकारका रोगको विशेषज्ञ स्वास्थ उपचार सेवा प्रदान गरिरहेको छ।