
सांकेतिक तस्बीर।
पोखरा २६, वैशाख . कोरोनाको दोश्रो लहरको संक्रमण दर पोखरा क्षेत्रमासमेत हरेक दिन बढ्दै जाँदा पोखराका ७ रोटरी क्लवले गण्डकी अटो मेकानिकल वर्कशप एसोसिएसनको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना भएको छ ।
कार्यक्रम संयोजक मिनु कुंवर श्रेष्ठको अध्यक्षतामा आइतबार पोखरामा बसेको बैठकले पोखरामा अक्सिजन ग्याँसको अभावमा कसैले जीवन नगुमाउन भन्दै आफुहरुले अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेर काम गर्न सुरु गरेको अक्सिजन ग्याँस संकलन तथा व्यबस्थापन समितिका संयोजक अर्जुन खनालले बताए ।
विभिन्न व्यक्ति तथा कम्पनीहरुसंग रहेका अक्सिजन ग्याँस सिलिण्डर आफुहरुले आजै देखि पोखरा क्षेत्रमा संकलन गर्न थालेको उनले बताए । पछि फिर्ता गर्ने सर्तमा हाल अक्सिजन ग्याँस सिलिण्डर संकलन गर्ने र अत्यावश्यक पर्ने पोखरा क्षेत्रका कुनै पनि अस्पतालमा समेत आफुहरुले पुर्याउने गरी हाल अक्सिजन ग्याँस सिलिण्डर संकलन तथा व्याबस्थापनमा आफुहरु जुटे्को खनालले बताए । उक्त अभियानमा रेडियो अन्नपूर्णले मिडिया पाट्नरको रुपमा काम गर्ने भएको प्रचार संयोजक खनालले बताए ।
खनालले भने,“कोरोनाका गम्भिर बिरामीको लागि अत्यावश्यक अक्सिजन ग्याँस हाल सिलिण्डिरको अभावले कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्दै हामीले अभियान सुरु गरेका छौं । यदि तपाईसंंग कुनै अक्सिजनको ग्याँस सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बचाउने अभियानमा साथ दिन सक्नुहुन्छ, हामी अपिल गर्न चहान्छौं ।” आपतकालिन अबस्थामा कसैले अनावश्य रुपमा अक्सिजन ग्याँस सिलिण्डर भण्डारण नगर्न खनालले आग्रह गरे ।

सामाजिक उत्तरदाहित्वको लागि रोटरी अभियान, रोटरी जीवनको आसा अन्र्तगत संचालन गरिएको रोटरी मणिपाल कोभिड—सेन्टर समेत संचालन गरिने भएको अक्सिजन ग्याँस संकलन तथा व्यबस्थापन समितिका संयोजक एवं प्रचार संयोजक समेत रहेका खनालले बताए । मणिपाल शिक्षण अस्पतालको समेत समन्वयमा अस्पतालमा करिब एक सय शैयाको कोभिड सम्बन्धि सम्पूर्ण उपचार हुने उनले बताए ।
पोखराका ७ वटा रोटरी क्लवहरु रोटरी क्लव अफ पोखरा, रोटरी क्लव अफ लेकसाइड, रोटरी क्लव अफ न्यूरोड, रोटरी क्लव अफ अन्नपूर्ण, रोटरी क्लव अफ फिस्टेल, रोटरी क्लव अफ मिड टाउन र रोटरी क्लव अफ पोखरा लेखनाथ अभियानमा जुटेका छन् ।
आईतबार बसेको बैठकले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । अर्थ नियन्त्रण संयोजकमा पशुपति शर्मा, अर्थ संकलन समिति संयोजकमा रमेश कोइराला, अक्सिजन ग्याँस सिलिण्डर संकलन तथा व्याबस्थापन एवं प्रचार संयोजकमा अर्जुन खनाल, सहयोग सामाग्रि संकलन तथा वितरण संयोजकमा जितेन्द्र सिग्देल रहेका छन्। महामारीका वेला उक्त अभियानले थोरै भए पनि मल्हमपट्टीको काम गर्नेमा आफुहरु आशाबादी भएको अभियानका सल्लाहकार विश्वशंकर पालिखेले बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




