मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

-



     सफल आवाज    
     वैशाख २९ गते २०७८ मा प्रकाशित



मध्यपुरथिमि, २९ वैशाख । भक्तपुर, मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ ।

अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले एक विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाए । अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेकाे अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो ।

अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताए ।