गण्डकीमा थप १४ संक्रमितको मृत्यु

-



     सफल आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



पोखरा, ३० वैशाख । गण्डकी प्रदेशमा बिहीबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये कास्कीका ८, बागलुङका ४, दाङ र म्याग्दीका १÷१ जना छन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदबिन्दु शर्माका अनुसार यो सहित प्रदेशमा कुल ३ सय १८ जनाको मृत्यु भएको छ ।

पोखराको चरक अस्पतालमा पोखरा १७ का ७३ वर्षीय पुरूषको मंगलबार मृत्यु भयो ।

पोखरा ७ की ४५ वर्षीया महिलाको सोही दिन र पोखरा १७ का ४४ वर्षीय पुरूषको बुधबार मृत्यु भएको छ ।

पोखरा १२ का ७८ वर्षीय पुरूषको फिस्टेल अस्पतालमा बुधबार मृत्यु भयो । पोखरा २६ का ६९ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा बिहीबार मृत्यु भयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा ८ का ५० वर्षीय पुरूषको बिहीबार बिहान मृत्यु भयो ।

पोखरा १५ का ६५ वर्षीय पुरूष र पोखरा १७ का ३० वर्षीय पुरूषको बिहीबार निधन भएको छ ।

बागलुङमा धौलागिरी अस्पतालमा उपचाररत् बागलुङ ४ का ७७ वर्षीय पुरूषको बिहीबार मृत्यु भयो । बिहीबार नै ज्यान गुमाउनेमा गलकोट २ का ५२ वर्षीय पुरूष, ढोरपाटन ९ का ५७ वर्षीय पुरूष र गलकोट नगरपालिका ३ का ४० वर्षीय पुरूष छन् ।

म्याग्दीको बेनी ५का ४० वर्षीय पुरूषको बुधबार साँझ बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

उता, दाङको लालमटिया १का ८० वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा बिहीबार ज्यान गयो ।