बाँकेमा थप ८ संक्रमितकाे मृत्यु

-



     सफल आवाज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित



काठमाडौँ, ३१ वैशाख । बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार ५ बजे साँझदेखि शुक्रबार बिहान ४ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

मृतक मध्ये ५ जना बाँके, १/१ जना बर्दिया, सल्‍यान र कैलालीका छन्।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २सय २२ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १६७ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ।