आइसोलेसनलाई अक्सिजन सिलिण्डर सहयोग

-


     सफल आवाज    
     जेठ १ गते २०७८ मा प्रकाशित


काठमाडौं, १ जेठ । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन । मुलुकमा अक्सिजन अभाव भइरहेको समयमा चन्द्रागिरि नगरपालिका वडा नं ८ को आइसोलेसनका लागि उक्त सिलिण्डर कार्कीले सहयोग गरेका हुन ।

चन्द्रागिरिमा आजदेखि सञ्चालनमा आएकाे मातातीर्थ अस्पतालका लागि कार्कीले सङ्कलन गरेकाे १८ थान अक्सिजन सिलिण्डर प्रदान गरेकाे चन्द्रागिरि–८ का वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।

कार्कीले सो आइसोलेसनको लागि आवश्यक सहयोग गर्दै जाने उल्लेख गरे । “मैले व्यक्तिगत खर्चबाट कोरोना सङ्क्रमितको लागि अक्सिमिटर दिएकाे हाे, उनले भने ।