पत्रकारसहित ७ को मृत्यु

-



     सफल आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित



बुटबल, ५ जेठ । कोरोना सङ्क्रमणबाट १ पत्रकारसहित ७ जनाको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ४ र भैरहवास्थित भीम अस्पतालमा ३ जनाको मृत्यु भएको हो।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ ।

वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको बिहान मृत्यु भएको हो । चौधरी १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध थिए।

अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो । यस्तै ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।