
काठमाडौं, ५ जेठ । निम्बसले कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न राहत लिएर आएको जनाएको छ । अहिलेको कठिन समयमा सानो सहयोगले पनि ठूलो महत्व राख्ने र कोभिड–१९ को सङ्कटलाई सामना गर्न मद्दत पुग्ने आशा निम्बसले गरेको छ ।
सुरक्षाका निम्ति महामारी विरुद्ध लड्ने संगठन, स्वयंसेवक र अग्रपंक्तिमा रहेर सेवा दिनेहरु सबैलाई निम्बसले प्रो-टेक्टको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने जनाएको छ ।
अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकायलाई प्राथमिकतामा राखेर कम्पनीले मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको छ । यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवा www.nimbusbazar.com मार्फत सम्बन्धित स्थानमा पु¥याउने भएको छ ।
निम्बसले अहिले शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा संचालित संगठन, हर्टबीटलाई मास्क वितरण गरिसकेको छ ।
निम्बसका प्रबन्ध निर्देशक, आनन्द बगरियाले भने, “हाम्रो सुरक्षाका निम्ति महामारी विरुद्ध लड्ने सबैप्रति हामी भित्रै देखि कृतज्ञ छौँ । विश्वले भोगिहेको यो कठिन चुनौतीलाई हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुन्छ । यसका निम्ति हामी विभिन्न संगठनहरु र सरकारसँग सहकार्य गरेर सहयोगबाट बञ्चितहरुलाई सहायता गर्न चाहन्छौँ ।”
प्रो-टेक्ट निम्बसको स्वास्थ र सरसफाई ब्राण्ड हो । जसले उच्च गुणस्तरको के नाईन्टि फाइभ मास्क, थ्री प्लाई मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसार स्यानिटाइजर उत्पादन गर्दछ ।
आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरुले मास्क र स्यानिटाइजरका लागि निवेदन दिनका लागि www.nimbusbazar.com मा गएर डाेनेट प्रोटेक्ट बटन थिच्न वा ९७७–९८२८०९१६९१ मा सम्पर्क गर्न सक्ने जनाईएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




