
काठमाडौं, ६ जेठ । भारतमा चक्रवाती तुफान ताउतेको असर कमजोर हुँदै गएको भए पनि राजधानी दिल्लीमा असर अझै देखिँदैछ । बुधवार दिल्लीमा भएको भारी वर्षाले ७० वर्षको कीर्तिमान भंग गरेको छ । ६० मिलिमिटरको कीर्तिमान तोडिएको हो । दिल्लीमा पछिल्लो २४ घन्टामा ११९ मिलिमिटर वर्षा भएको हो ।
त्यहाँ अहिले पनि अलिअलि पानी परिरहेको छ । अत्यधिक वर्षापछि दिल्ली–एनसीआरमा धेरै ठाउँ जलमग्न भएको छ ।
निजफगढमा अत्यधिक वर्षाले सडक भासिएपछि एउटा ट्रक नै भित्र पसेको छ । बिहीवारबाट भने वर्षा घट्दै जाने मौसम विभागले जनाएको छ ।








काठमाडौं, ८ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन यही मङ्सिर…
कास्की, ८ मङ्सिर। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…
काठमाडौं, ८ मंसिर। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको…
महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु… 




