
पाेखरा, ६ जेठ । नमस्ते सामुदायिक प्रतिष्ठानले काेभिड केयर अस्पताल निमार्णका लागी ३० लाख सहयोग गर्ने भएकाे छ । गण्डकी क्षेत्रमा कोरोनाका विरामीहरु अत्यन्तै बढिरहेको र उपचारको लागी अक्सिजन मेसिन सहितको कोभिड केयर बेडको अभावकाे महसुस गर्दै लायन्स अन्तराष्ट्रीय डिस्ट्रीक्ट ३२५ बि १ नेपाल र पोखरा महानगरपालिको सहकार्य संयोजनमा लेखनाथस्थित पुरानो नगरपालिका भबनमा स्थापित कोभिड अस्पताललाइ अक्सिजन मेसिन सहितको कोभिड केयर बेड नमस्ते सामुदायिक प्रतिष्ठान नामक संस्थाका संस्थापक तथा अध्यक्ष समाजसेवी एवं व्यवसायी भिष्मराज पौडेलले संस्थागत रूपमा ३० लाख सहयाेग गर्ने बताएका छन ।
समाजसेवी भिष्मराज पौडेलकाे पहलमा नमस्ते सामुदायिक प्रतिष्ठानले नेदरलेण्ड स्थित आफ्नो दातृ निकायको सहकार्यमा उक्त अस्पताललाई करिब तिस लाख रुपैया बराबरको सहयोग प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेकाे छ । सो प्रतिवद्धता रकम मध्ये आज पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सि, लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि १ नेपालका संयोजक लायन मोहनबाबु खड्का, सहसंयोजक लायन प्रेम जिसी लगायत विभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा पूर्व गर्भनर लायन धनराज आचार्यलाई बेड तथा अक्सिजन मेसिन खरिदको लागी दश लाखको चेक हस्तान्तरण गरेकाे छ ।
उक्त खरिद गरिएको सम्पूर्ण सामाग्रीहरु (कोभिड केयर बेड (ह्याङ्गर, दराज समेत) र अक्सिजन कन्सन्ट्रेटर मेसिन) मेयर मान बहादुर जि.सिलाई हस्तान्तरण सम्पन्न गरियो । सहयोग रकम जम्मा गर्न अहोरात्र रुपमा यसै संस्थाको अध्यक्ष, कार्यसमिति परिवार तथा कर्मचारीहरुको अथक परिश्रम र प्रयास जारी रहेको र बाँकी रकम कामको प्रगति तथा आवश्यकताको आधारमा सोही अस्पतालको आवश्यक सामाग्री खरिद गर्न यथासिघ्र उपलब्ध गराउने कार्यक्रम रहेको बताइएकाे छ ।
पोखरा महानगरपालिका तथा लायन्स क्लबको अगुवाईमा यहि हप्ता भित्र सञ्चालन गर्ने धेय अनुरुप कार्य भईरहेको यस कोभिड अस्पताल सक्दो छिटो सञ्चालनमा आई पोखरामा हाल देखा परको उपचार समस्यालाई केही हद सम्म भए पनि पुरा गर्ने संस्थाले विश्वास लिएकाे छ ।

सो बाहेक नमस्ते सामुदायिक प्रतिष्ठानले अन्य सहयोग सम्पन्न गरेको र गर्ने तरखरमा रहेको जनाएकाे छ । मिति २०७८।०२।०५ गते विहिबारको दिन अन्नपूर्ण गाउँपालिकामा सञ्चालन गर्न लागीएको एम्बुलेन्सको ड्राईभरको सुरक्षार्थ पिपिई सेट, पन्जा, मास्क, सेनिटाईजर, स्प्रे, लगाएतका सामाग्रीहरु गण्डकीका माननिय राजीव पहारीकाे उपस्थितिमा हस्तान्तरण गरेकाे, पोखरा वडा नं २१ (कृष्ति) मा रहेको कुल ५० परिवारलाई कोरोना पिडितहरुको लागी सामान्य औषधीहरु, पन्जा, मास्क, सेनिटाईजर, अक्सिमिटर, थर्ममिटर, आदी यसै वडाका वडाध्यक्ष तथा स्वास्थ्यकर्मीहरुका विच हस्तान्तरण गरकाे बातएकाे छ ।


लेखनाथ मोहरियाटोल स्थित संक्रमिक तथा सरुवा रोग अस्पतालमा कोरोनाको उपचार गराईरहेका कुल ६५ जना विरामी तथा कुरुवाहरुलाई मिति २०७८।०२।१०७ देखी ४ दिन सम्म दैनिक २ छाक खाना र २ छाक खाजा सोही अस्पतालको मेसमा बनाउने गरी निःशुल्क खाना खुवाउने कार्यक्रम रहेको बताएकाे छ ।
नमस्ते सामुदायिक प्रतिष्ठानले विगत १८ बर्ष देखी विविध परियोजनाहरु (बालगृह कार्यक्रम, छात्रबृत्ति कार्यक्रम, महिला सशक्तिकरण कार्यक्रम, विद्यालय विकाश कार्यक्रम, आदी) मार्फत असहय बालबालिकाहरु तथा एकल महिलाहरुको क्षेत्रमा निरन्तर आफ्नो सेवाहरु प्रदान गर्दै आईरहेको छ । यसका साथै भैपरि आउने विपत्तिहरु जस्तैं भुकम्प, बाढि पैह्रोमा विविध आपतकालिन सेवाहरु, खानेपानी निमार्ण, विद्यालय खेलकुद विकाश, पुस्तकालय निमार्ण, सरसफाई कार्यक्रम, औषधी उपचार, आदी कार्यक्रम मार्फत नेपाल सरकारसँग समाज विकाशको लागी हातेमालो गर्दै आईरहेको प्रतिष्ठानका अध्यक्ष तथा संस्थापक भिष्म राज पौडेलले बताए ।


सो बाहेक पहिलो चरणको कोभिड संक्रमण हुदाँ करिब ५०० परिवारलाई खाद्य सामाग्रीहरु, मुख्यमन्त्री कार्यालय मार्फत स्वास्थ्यकर्मिहरुलाई पिपिई सेट तथा मास्क वितरण, पोखरा वडा नं ६ कार्यालयलार्ई मास्क तथा सेनिटाईजर र स्टेण्ड वितरण, बृद्धाश्रममा रासन तथा पछ्यौरा वितरण, एकल महिलाहरुलाई रासन सहित फलफुलका विरुवा वितरण, आखाँ नदेख्ने विद्यार्थिहरुलाई अध्ययन सामाग्री वितरण, घाचोक स्थित सरकारी विद्यालय तथा प्रहरी चौकिमा मास्क तथा सेनिटाईजर वितरण लगाएत विविध सहयोग प्रदान गरिसकेकाे बताइएकाे छ ।
सहयोगहरु बाहेक पनि यस संस्थाले आवश्यक अन्य पहलहरु गरिरहेको हुदाँ आउने दिनमा थप सहयोगहरु प्रदान गर्दै जाने नमस्ते सामुदायिक प्रतिष्ठानका अध्यक्ष तथा संस्थापक भिष्म राज पौडेलले बताएका छन ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




