स्वास्थ्य क्षेत्रमा मुख्यमन्त्री गुरुङको सक्रियता

-



     सफल आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित



पोखरा, १० जेठ । कास्कीको लेखनाथस्थित प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवनको शिलान्यास भएको छ । सोमबारै १० शैया क्षमताको आइसियुको सुरुवात र शैया बिस्तारसहित नयाँ भवन निर्माणको शिलान्यास समेत भएको छ ।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनस्वास्थ्यको क्षेत्रमा एकैदिन एकैस्थानमा ३ महत्वपूर्ण कार्य गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्रीले प्रदेशको एकमात्र संक्रामक सरुवा अस्पताललाई नेपालकै उत्कृष्ट अस्पताल बनाउने दाबी गरे ।

जनताको जीउज्यान सबैभन्दा ठूलो विषय भएकोले बताउँदै उनले महामारीको विरुद्ध सबै एकतावद्ध भएर लड्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री गुरुङले पिसिआर परीक्षणमा भएको ढिलाइमा सुधार गर्दै स्वास्थ्य मन्त्रालयले २४ घण्टाभित्र नतिजा आउने गरी कामको ब्यवस्थापन मिलाएको दाबी गरे ।

गुरुङ गत वैशाख २९ मा दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका हुन्।