
संसारकै सबैभन्दा धनी व्यक्ति बर्नाड आर्नल्ट । तस्बिर : फोर्ब्स
अमेरिका ,११ जेष्ठ। फ्रान्सका बर्नाड आर्नल्ट संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। फेसन टाइकुन बर्नाड संसारकै धनी व्यक्ति बनेका हुन्। सोमबार मात्र फोर्ब्सले उनलाई सबैभन्दा धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा राखेको हो।
फोर्ब्सका अनुसार जेफ बेजोसलाई पछि पार्दै सोमबार उनको सम्पत्ति बढेर १८६ दशमलव ३ अर्ब अमेरिकी डलर पुगेको हो। बेजोसको सम्पत्ति १८६ अर्ब अमेरिकी डलर रहेको छ। फोर्ब्सका अनुसार आर्नल्टको यो सम्पत्ति बेजोसको भन्दा तीन सय मिलियन डलर बढी हो।
आर्नल्टको फ्रेन्च कम्पनी लुइस भ्यूटन मेइट हेनेसी (एलभीएमएच)ले सन् २०२१ को पहिलो चौमासमा १७ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो। यो रकम अघिल्लो बर्षको सोही अवधिको भन्दा ३२ प्रतिशतले बढी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
विश्वको सबैभन्दा धनीको सूचीको तेस्रो नम्बरमा रहेका बर्नाड आर्नल्ट एकै पटक पहिलो नम्बरमा पुगेका हुन्। उनी पहिलो नम्बरमा पुग्दा पहिलो नम्बरका जेफ बेजोस दोस्रो नम्बरमा झरेका छन्। दोस्रो नम्बरका एलन मास्क भने तेस्रो तम्बरमा झेरेका छन्।
तेस्रो नम्बरका मास्कको सम्पत्ति १४७ दशमलव ३ अर्ब डलर छ। उनको सम्पत्ति एक वर्षमा दोब्बर भएको फोर्ब्सले जनाएको छ।
वर्षौदेखि फोर्ब्सको अर्बपतिको सूचीमा अमेरिकी धेरै परेका भएपनि यो वर्ष यूरोपेली नागरिक परेका हुन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि भएको विश्वव्यापी लकडाउनको अवधिमासमेत कारोबार बढाउँदा सबैभन्दा बढी धनी व्यक्तिको सूची फेरिएको फोर्ब्सले जनाएको छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




