
वाग्मती, ११ जेठ । वाग्मती प्रदेशको राजधानी हेटौँडमा मकवानपुरमा कृयाशील विभिन्न सङ्घसंस्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएपछि सङ्क्रमीत बिरामीको उपचारमा थपसघाउ पुगेको छ । अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर उद्देश्यले मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालयमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएको थियो ।
मकवानपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा कोभिड हेल्प डेस्क स्थापनासँगै होमआईसुलेशनमा बसेका कोभिड सङ्क्रमितलाई घरमा पुगी परामर्श सेवा, अत्यावश्यक औषधी वितरण तथा आवश्यकताअनुसार घरमै अख्सिजनसमेत उपलब्ध गराउँदै आईएको हो । मानवीय संवेदना, सहकार्य र सहअस्तित्वको भावनाबाट प्रेरित भई मकवानपुरका विभिन्न क्रियाशील सङ्घसंस्थाले कोभिड–१९ न्यूनीकरण अभियान एकीकृतरूपमा सञ्चालन गर्ने उद्देश्यले कोभिड हेल्प डेस्क स्थापना गरेका हो ।
मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालय रहेको डेस्कको संयोजक सङ्घका अध्यक्ष कृष्ण कटुवाल रहेका छन् । हेटौँडा अस्पताल मात्र होइन अन्य अस्पतालमा उपचाररत बिरामीलाई पनि सहयोग गरिने कोभिड हेल्प डेस्कका सचिवालय सदस्य तथा नारायणी सङ्घ हेटौँडाका महासचिव सरोज खनालले जानकारी दिनुभयो । मेसुमा डा सापकोटा नियुक्त वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन (मेसु)मा डा रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ ।
प्रदेश सरकार अन्तर्गतको उक्त अस्पतालमा वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट हेटौँडा अस्पतालको निमित्त प्रमुखमा डा सापकोटालाई नियुक्त गरिएको हो । डा सापकोटा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हुनुहुन्छ । उहाँ साढे तीन वर्षदेखि हेटौँडा अस्पतालमा कार्यरत हुनुहुन्छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




