
पोखरा, १५ जेठ । नेपाल चिकित्सक संघ, गण्डकीले देशका विभन्न स्थानका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मिमाथि भईरहेको गम्भिर मानसिक तथा भौतिक आक्रमणप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
संघले चिकित्सक र स्वास्थ्यकर्मिमाथि आक्रमण गर्नेलाई कडा कारबाहि गर्न र जमानतबीना जेल पठाउन नेपाल सरकारसंग माग गरेकाे छ ।
संघका सचिव डा.कृष्णचन्द्र रिजालले बिज्ञप्ति जारी गर्दै विराट मेडिकल, नारायणी अस्पताल तथा बाँकेको भेरी अस्पतालमा भएका आक्रमणहरुको जति नै निन्दा गरे पनि अपुग हुने बताएका छन् ।
संघले सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मिको सुरक्षामा गम्भिर भई घटनाका दोषिहरुलाई अपराधको मुद्धा चलाई हदैसम्मको कडा कारबाहि गर्न माग गरेको छ । साथै नेपाल चिकित्सक संघले उठान गरेको जमानतबीना जेलको मागलाई अध्यादेशमार्फत शिघ्र कानून बनाई सो कार्यान्वयनको लागि सरकारसंग माग गरेको छ ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




