लायन्समा मेराे सक्रियता र जनसम्पर्क नै बिजयी हुने मुख्य आधार हाे: बुर्लाकोटी

-


     सरिता दाहाल    
     जेठ १५ गते २०७८ मा प्रकाशित


काठमाडौं, १५ जेठ। सामाजिक सेवामा अग्रणी अन्तर्राष्ट्रिय संस्था, लायन्स क्लब्स अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको मल्टिपल कन्भेन्सनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी जेठ २१ र २२ गते भर्चुअल माध्यमबाट आयोजना गरिने उक्त मल्टिपल कन्भेन्सनमा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि वान नेपालको तर्फबाट पुर्व डिस्ट्रिक्ट गर्भनर तथा लायन्स अन्तर्राष्ट्रियका एलसिआइएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी आइडी इण्डोर्सीका उम्मेद्वारका रूपमा चुनावी प्रतिष्पर्धामा छन ।

सबै अग्रज लायन लिडर र लायन्स साथीहरूसँगकाे लामाे छलफलपछि पुर्ण तयारीका साथ चुनाबी मैदानमा आएकाेले जितकाे सुनिश्चित रहेकाे बुर्लाकाेटीकाे दाबी छ ।


डिस्ट्रिक्ट ३२५ बि १ को तर्फबाटै आइडी इण्डोर्सीको उमेदवारी दिने तयारी गरेका पुर्व गभर्नर लायन ध्रुब थापाले डिस्ट्रिक्टको तर्फबाट अर्कोपटकको आइडीको नेतृत्वमा जानेमा पुर्व गर्भनरहरुसँगको छलफलबाट सहमती जनाएपछि बुर्लाकोटी योपटक डिस्ट्रिक्ट ३२५ बि १ को तर्फबाट निर्बिरोध उमेद्वार बनेका हुन ।

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा उम्मेदवारी दिनुअघि नेपालमा रहेका ४ वटा डिस्ट्रिक्टबाट बिजय हुनुपर्ने प्राबधान अनुरुप लायन बालकृष्ण बुर्लाकोटी आइडी इण्डोर्सीका उम्मेदवार भएका हुन । हाल नेपालमा ए वान, ए टु, बि वान र बि टु गरी ४ वटा डिस्ट्रिक्ट रहेका छन् । अहिले ४वटै डिस्ट्रिक्टमा चुनावी माहोल शुरु भएको छ ।

लायन्समा बुर्लाकोटीकाे आगमन

२००८ मा लायन्स क्लब अफ काठमाडौं गोंगबुको चार्टड प्रेसिडेन्ट बनेर लायनिजमको यात्रा शुरु गरेका बुर्लाकोटीले छाेटाे समयमा नै (लायन बर्ष २०१६- १७ मा) डिस्ट्रिक्ट ३२५ बि वानको डिस्ट्रिक्ट गर्भनर बनेका थिए ।

उनले गर्भनरको कार्यकालमा १०० वटा नयाँ लायन्स क्लब खोलेर लायन्स अन्तर्राष्ट्रियमा इतिहास मात्र रचेनन्, उनको पर्फमेन्सले बिश्वकै सर्बोत्कृष्ट गर्भनर बन्न सफल भएका थिए । त्यही बर्ष १०० वटा एमजेएफ समेत प्रदान गरेर आफ्नो कुशल नेतृत्व देखाएका थिए । डिस्ट्रिक्टमा अन्य सामाजिक कार्य संगसंगै नेपाल लायन्स फाउण्डेशनको गुठीमा सबैको सहयोगले करिब डेढ करोड रकम संकलन गर्न समेत सफल भएको बुर्लाकोटी बताउँछन ।

लगतै उनी लायन बर्ष २०१७- १८ मा मल्टिपल डिस्ट्रिक्ट ३२५को मल्टिपल काउन्सिल चेयरपर्सनमा निर्बिरोध निर्बाचित भएका थिए । जिम्मेवारी लिए लगतै उनले मल्टिपल डिस्ट्रिक्टको कार्यालयको सचिवालयलाई ब्यबस्थित बनाए । मल्टिपलमा उनले नेपाल लायन्स फण्ड नाममा कोषको स्थापना गरेका थिए । जुन कोषमा अहिलेसम्म उल्लेख्य रकम जम्मा भइसकेको छ ।

बुर्लाकोटी मल्टिपल काउन्सिल चेयरपर्सन भएकै समयमा मल्टिपलले रिडिस्ट्रिकिङको प्रस्ताब समेत पास गरेको थियो । यसरी आफु नेतृत्वमा रहदा कुशल नेतृत्व प्रदान गर्दै सबैलाई समेटेर नेपाली लायनबादमा एउटा उदाहरणीय ब्यक्तित्व एबं सफल लिडरको छवि बनाएको कारणले अहिले सबै लायन्सको राेजाईको उमेद्वार बन्न सफल भएका छन लायन बालकृष्ण बुर्लाकोटी। उनी भन्छन- लायन्सबादमा मेराे निरन्तरकाे सक्रियता र जनसम्पर्क नै अहिलेकाे आइडी इण्डोर्सीकाे पदमा बिजयी हुने मुख्य आधार हाे ।

लायन्सहरू बिचमा अत्यन्त परिचित ब्यक्तित्व एबं सफल लिडर बुर्लाकोटीले मल्टिपल काउन्सिल चेयरपर्सनकाे जिम्मेवारी सकिए लगतै २०१८ देखी हालसम्म लायन्स अन्तर्राष्ट्रियकाे एलसिआइएफ एरिया लिडरकाे जिम्मेवारी निर्बाह गरीरहेका छन । याे समयमा लायन्सका धेरै अन्तर्राष्ट्रिय कन्भेन्सनहरूमा कि नाेट स्पिकरका रूपमा उनले प्रस्तुति दिने माैका समेत पाएका थिए ।

आफनो डिस्ट्रिक्टमा मात्र नभएर नेपालका ४ वटै डिस्ट्रिक्टमा परिचित, चम्किलो र गर्बिलो छबी बनाउन सफल लिडर बुर्लाकोटी आगामी जेठ २२ गतेको निर्बाचनबाट आइडी इण्डोर्सीको पदमा धेरै मतान्तरले बिजय हुने पुर्व गर्भनरहरुले बताएका छन ।

बिजय भएपछि के छन याेजना ?

आइडी इण्डोर्सीका उमेद्वार बुर्लाकोटी लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि आफूले नेपाललाई कामले नै संसारभर चिनाउने याेजना बनाएको बताउछन । आफ्नो कार्यकालमा नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय रहने योजना रहेको बताएका छन ।

नेपालकाे पहिलाे अन्तर्राष्ट्रिय डाइरेक्टर हाम्रा सम्मानित लिडर हालका पिआइडी लायन संजय खेतानलाई लायन्स अन्तर्राष्ट्रियकाे भाइस प्रेसिडेण्ट बनाउन सबैप्रकारले सघाउने आइडी इण्डोर्सीका उमेद्वार बुर्लाकोटीले बताएका छन । यसलाइ मैले मेराे प्रमुख कार्ययाेजनाकै रूपमा राखेकाे छु ,बुर्लाकोटीले भने ।

बुर्लाकाेटीले लायन्स अन्तर्राष्ट्रियकाे नेतृत्वबर्ग सँग समेत राम्राे सम्बन्ध बिस्तार गरेका कारण उनले नेतृत्व पाएमा नेपाल र नेपाली लायन्सले लायन्स अन्तर्राष्ट्रियबाट धेरै सहयाेग पाउन सक्ने लायन्स लिडरहरूले अपेक्षा गरेका छन । उता अहिलेको चुनाबी माहोल हेर्दा आफु धेरै अगाडी रहेको र आफ्नो विजय सुनिश्चित भएको आइडी इण्डोर्सीका उमेद्वार बुर्लाकोटी बताउँछन् ।

सबै लायन्सबिच चिरपरिचित लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि वानका पुर्व डिस्ट्रिक्ट गर्भनर तथा हालका एलसिआइएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटीले यही आगामी जेठ २१ र २२ गते हुने मल्टिपल कन्भेन्सनमा भर्चुअल माध्यामबाट अमुल्य भोट प्रदान गरी आइडी इण्डोर्सीकाे पदमा बिजयी गराउन सबैसँग अपिल गरेका छन । (बार्तामा आधारित)