दुर्गममा कोरोना सचेतना, हुम्लामा थपियाे अक्सिजन कन्सन्ट्रेटर

-



     सफल आवाज    
     जेठ १७ गते २०७८ मा प्रकाशित



हुम्ला, १७ जेठ । स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी ८ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको छ ।

जिल्लामा दैनिकरुपमा सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरीद गरी ल्याइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए।

यसअघि जिल्ला अस्पतालमा ३ अक्सिजन कन्सन्ट्रेटर थिए । अब अस्पतालले केही जटिल अवस्थाका कोभिड–१९ बिरामी देखिए पनि जिल्लामै उपचार गर्न सक्ने भएकाे छ ।

अब १२ जनासम्म कोरोनाका बिरामीलाई एकसाथ उपचार गर्न सक्ने क्षमता अस्पतालसँग छ।