सुनचाँदीको मूल्य बढ्यो

-



     सफल आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ जेठ । मंगलबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढेको छ।

मंगलबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन तोलामा २ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।त्यहि भाउमा मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको हो।

यस्तै मंगलबार चाँदी पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १३ सय ७० रुपैयाँ पुगेको छ।