आकाश क्यापिटल अब कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने

-



     सफल आवाज    
     मंसिर ८ गते २०८३ मा प्रकाशित



काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने भएकाे छ । कामना सेवा विकास बैंकले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरेर आफ्नो सहायक कम्पनी बनाएपछि साे नाम परिबर्तन भएकाे हाे ।

अब कामना सेवा क्यापिटल लिमिटेड कामना सेवा विकास बैंकको सहायक कम्पनीका रूपमा सञ्चालनमा हुनेछ। कम्पनीले मर्चेन्ट बैंकिङ तथा पुँजी बजारसम्बन्धी वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ।

नाम परिबर्तनसंगै कम्पनीकाे आठौँ वार्षिक साधारण सभा समेत साेमबार सम्पन्न भएको छ।बिकास बैंकले संस्थापक शेयर अधिग्रहण गरेपछि सम्पन्न भएको यो पहिलो वार्षिक साधारण सभा हो।

साधारण सभाले कम्पनीको हालको नाम आकाश क्यापिटल लिमिटेड परिवर्तन गरी कामना सेवा क्यापिटल लिमिटेड कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण पारित गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको जनाइएकाे छ।

यसैगरी, कामना सेवा विकास बैंकको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकहरूको नियुक्तिलाई सभाले अनुमोदन समेत गरेको छ।

सभाले विशेष प्रस्तावअन्तर्गत कम्पनीको पुँजी वृद्धि, नाम परिवर्तन, संस्थागत संरचना तथा व्यवसायको कार्यक्षेत्र विस्तारसम्बन्धी प्रस्तावहरू पारित बताइएको छ।