
काठमाडौं, १८ जेठ। रसुवागढी नाकाबाट चीनले दिएको १५ सय अक्सिजन सिलिन्डर नेपाल भित्रिएको छ। चीन सरकारले अनुदानमा दिएको १५ सय अक्सिजन सिलिन्डर मंगलबार नेपाल भित्रिएको हो।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चार वटा चिनियाँ गाडीमा अक्सिजन सिलिन्डर र एन नाइन्टीफाइभ मास्क सीमानाकामा आइपुगेकाे छ ।
चीनले अनुदानमा पठाएको अक्सिजन सिलिन्डर र मास्क स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बुझेका छन्। उनले यी सामग्री औ स्वास्थ्य मन्त्रालयमा पठाइने बताए।
गएको १५ महिनादेखि अन्य सामग्री समेत चिनियाँ गाडीले नै ल्याउने गरेका छन्। केही साता अघिदेखि दैनिक ८ वटा चिनियाँ गाडीले सामग्रीहरू आयात गरिहेका छन्।
चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।
चालु आर्थिक वर्ष २०७७र७८ को साउनदेखि बैशाख मसान्तसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल लगायतका सामग्री आयात भएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




