रुकुममा अक्सिजन प्लान्ट जडानको काम अनिश्चित

-



     सफल आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित



रुकुम पश्चिम, १९ जेठ । जिल्ला अस्पताल रुकुम पश्चिममा अक्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको छ।

अक्सिजन प्लान्ट जडानको लागि आवश्यक पाईपलाईन र भण्डार ट्यांक नभएपछि प्लान्ट जडानको काम अनिश्चित बनेको हो। प्लान्ट जडानको काम अनिश्चित बनेपछि अक्सिजन मेसिन भने दुई महिनादेखि अस्पतालमै अलपत्र छ।

अस्पतालले अक्सिजन पाईपलाईन फिटिङसहित भण्डार ट्यांक खरिदका लागि आवेदन दिन जेठ १० गते ७ दिनको सूचना निकालेको थियो।

तर त्यो सूचना अनुसार कसैको पनि निवेदन प्राप्त नभएको अस्पतालले जनाएको छ। यसले क्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको हो।