बैंक,बीमा,दुरसंचार लगायतका सेवामा बन्द हड्ताल गर्न नपाइने

-



     सफल आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ जेठ । नेपाल सरकारले बैंक,बीमा,दुरसंचार, अस्पताल, हवाइ,संचार, इन्टरनेट,बिधुत, खानेपानी सहितका २५ अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न निषेध गरेको छ। 

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै अत्यावश्यक सेवामा पर्ने यी सेवाहरुमा अब उपरान्त बन्द तथा अन्य अवरोध पुर्‍याउन निषेध गरेको जनाइएकाे छ । 

नेपाल सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै सेवामा हड्ताल गर्न निषेध गरेको गृह मन्त्रालयले जनाएकाे छ। बैंक,बीमा,दुरसंचार सहितका २५ वटा सेवाहरुमा हड्ताल गर्न निषेध गरेको सूचनामा उल्लेख गरिएकाे छ। 

सरकारकाे याे निर्णयपछि सेवाग्राहीले राहतकाे महसुस गरेका छन । अनाबश्यक बन्द र हड्ताल भइरहदा यसले अर्थतन्त्रमा समेत नकारात्मक प्रभाब पारिरहेकाे अवस्थामा उधाेगी व्यवसायीले समेत यसलाइ सरकारकाे सकारात्मक कदम भनेका छन ।