
काठमाडौं, १९ जेठ । दुई दिनपछि पुनः शेयर बजारमा चमक देखिएको छ । साताको चौथो दिन बुधबार शेयर बजार दुई दिन ओरालो हिंडेपछि आज पुनः उत्साहको लयमा फर्किएको हो । नेप्से परिसूचककासाथ कारोबारमा पनि उत्साह थपिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से पसिूचक ५५.७६ अंकले बृद्धि भएर २८२७.१२ विन्दुमा पुगेको छ । नेप्से २.०१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.८३ अंकले बृद्धि भएर ५०५.१५ विन्दुमा पुगेको छ ।
आज २१९ कम्पनीको शेयर कारोबार भएको छ । कुल २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयरको खरिदबिक्रीबाट ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज म्युचुअल फण्ड बाहेक सबै १२ वटै उपसमूहमा हरियाली छाएको छ । सबै उपसमूहको शेयर बढेको छ ।
हरियाली छाएका उपसमूहहरुमा बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूह रहेका छन् । सबैको शेयर बढेको छ । एक मात्र उपसमूह म्युचुअल फण्डमा रातो लागेको छ अर्थात शेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १ अर्ब ३७ करोड ८७ लाख ९० हजार ६२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




