अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री खुल्ला

-



     सफल आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० जेठ । अपि पावर कम्पनीले आजबाट ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले १ बराबर ०.२९३८ को अनुपातले रुपैयाँ १०० मूल्य अंकित ५६ करोड ७० लाख रुपैयाँ बराबरको सो परिमाणको हकप्रद शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको हकप्रद शेयरको लागि लगानीकर्ताले १०० कित्ता हुनेले २९ कित्ता हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन् । यसका लागि असार ९ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

हकप्रद शेयर निष्काशनको प्रयोजनका लागि कम्पनीले वैशाख २९ मा बुक क्लोज गरेको थियो । वैशाख २८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भई कायम भएका शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन गर्न सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको लागि लगानीकर्ताहरुले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ बैंक र तोकिएका शाखाहरु इटहरी, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, जनकपुर तथा सेबोनबाट अनुमति पाएका सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवदेन दिन सकिने भएको छ ।

यसअघि कम्पनीले गएको कार्तिक १४ गते ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीको हकप्रद शेयर निष्काशन भएपछि चुक्ता पूँजी  २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार १५० रुपैयाँ पुग्ने भएको छ । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।