
काठमाडौं, २१ जेठ। सुनको मूल्य शुक्रबार एकैदिन तोलामा १५ सय रुपैयाँ घटेको छ।
शुक्रबार सुन तोलाको ९३ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। लकडाउनको समयमा सुनको मूल्य यति धेरैले घटेको यो पहिलो पटक हो।
हप्ताको पहिलो दिन आइतबारदेखि नै उकालो लागेको सुनको मूल्य शुक्रबार भने ह्वात्तै घटेको हो।
आइतबार तोलामा २ सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसमा सोमबार पनि २ सय रुपैयाँ नै बढेको सुनको मूल्य मंगलबार भने तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ पुग्यो।
बुधबार भने भाउ घटबढ नभएपनि बिहीबार फेरि तोलामा ४ सय रुपैयाँ बढेर ९४ हजार ९ सय रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार भने तोलामा १५ सय रुपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेकाले नेपालमा पनि कम भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ३५ डलर घटेको महासंघले जनाएको छ। शुक्रबार सुन प्रति औंस १८ सय ७१ दशमलव ३० डलरमा कारोबार भइरहेको छ।
सुनसँगै चाँदीको भाउ पनि घटेको छ। शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




