डिसहोमको नयाँ अभियान–मेरो मनको दोस्रो देश

-



     सफल आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ जेठ । डिसहोम नेपालले युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो–२०२० का फुटबलप्रेमी दर्शक लक्षित गरी नयाँ अभियान मेरा मनको दोस्रो देश (#MeroMankoDosroDesh) सुरु गरेको छ ।

गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो–२०२० यस वर्ष प्रसारण गर्न डिसहोम संपूर्ण रुपमा तयार रहेको जनाएको छ ।

दर्शकले यो फुटबल प्रतियोगिता डिसहोमको एचडि च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् । सामाजिक संजालमा #MeroMankoDosroDesh ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकबीच रोमान्चकारी बनाउने छ । यसअन्तर्गत फ्यानले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्नेबारे जानकारी प्राप्त गर्नेछन् ।

हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुन्छ । यस अभियानले प्रशंसकलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ ।

सो अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबैभन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ । जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर इनाम पनि जित्नेछ । यस बाहेक फ्यानले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन् । डिसहोम नेपालको सबैभन्दा ठूलो एचडि र डिजिटल टेलिभिजन च्यानलको प्रसारण र प्रसारण सेवाको संचालक हो । नेपालका सबै जिल्लामा सेवा संचालन भएसँगै यो नेपालको सम्पूर्ण बजारमा सक्रिय छ ।

अभियानमा भाग लिनको लागि सर्त तथा नियम यस्ता छन,

-सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ ।

-सहभागीले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh गर्नुपर्नेछ र समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ ।

-खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन ।

-प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ । सहभागीहरुले खेलको अन्त्यसम्म आफ्नो मनको देशलाई समर्थन गरि #MeroMankoDosroDesh सँगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् ।

-विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरी तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् ।

-विजेताको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ ।