खाने तेलको मूल्य ३१ देखि ४५ प्रतिशतसम्म बढ्यो

-



     सफल आवाज    
     जेठ २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ जेठ । चालु आर्थिक वर्षमा खाने तेलको मूल्य ३१ देखि ४५ प्रतिशतसम्म बढेको पाइएको छ ।

तेल उत्पादकले चालु आर्थिक वर्षको १० महिनामा खाने तेलको मूल्य ३१ देखि ४५ प्रतिशतसम्म बढाएका पाइएको हो । तेलको मूल्य अस्वाभाविक रुपमा बढेको पाइएपछि वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयले सूक्ष्म अध्ययन थालेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालमा समेत अस्वाभाविक मूल्य वृद्धि भएपछि उद्योगसँग कागजात माग गरेर अध्ययन थालिएको विभागले जनाएको छ ।

उद्योगीहरूले ढुवानीलगायतमा बढेको भाडाका कारण तेलको मूल्य बढेको बताएका छन् ।

नेपालमा भारतसहित ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया तथा युक्रेनलगायतका देशबाट तेलको कच्चा पदार्थ आयात हुने गरेको छ ।