
काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा व्यापक हेरेफेर गरे । शुक्रबार जनसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै ओलीले १७ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन् । शुक्रबार राति नै ३ उपप्रधानमन्त्री, मन्त्री र २ राज्यमन्त्रीले शपथ ग्रहण गरिसकेका छन् भने केहीले गएराति नै पदभार ग्रहण गरे ।
मन्त्रिपरिषद्मा मन्त्रीहरुको बरियतामा उपप्रधानमन्त्रीमा बढुवा भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल दोस्रो नम्बरमा छन् । पौडेल ओलीका विश्वासपात्र मानिन्छन् । अर्थमन्त्री हुँदा उनले ल्याएको आव २०७८/०७९ को बजेट यदि कार्यान्वयन भयो भने सर्वत्र सकारात्मक प्रतिक्रिया छ ।
उनले गएराति नै अर्थ मन्त्रालयमा पदभार ग्रहणा गर्दै आमनागरिकलाइ कोभिड-१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताए।
तेस्रो वरियतामा उपप्रधान एवं परराष्ट्र मन्त्री रघुवीर महासेठ र चौथोमा उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतो छन् ।
यस्तै, पाँचौ नम्बरमा ऊर्जा तथा जलस्रोत मन्त्री शरतसिंह भण्डारी छन् ।
सबैभन्दा पुछारमा अर्थात १७ औं नम्बरमा महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ परेकी छन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




