
काठमाडौं, २२ जेठ । पछिल्लो समय कोरोना संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ।
पछिल्लो १० दिनको तथ्याङ्क हेर्दा कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ हजार ६५३ मा संक्रमण पुष्टि हुँदा ८ हजार ६६३ निको भएका छन् ।
यस्तै बुधबार ५ हजार ३१६ जना संक्रमित थपिँदा ७ हजार २१९ जना निको भएका छन् । यसैगरी १८ गते ६ हजार ८५ मा संक्रमण पुष्टि हुँदा ६ हजार ८९८ ले कोरोना जितेका छन् ।
१७ गते ४ हजार ७६२ मा संक्रमण पुष्टि हुँदा ६ हजार ४ सय ९१ निको भएका छन् भने १६ गते ४ हजार ३ सय ६९ संक्रमित थपिँदा ६ हजार २०५ निको भएका छन् । यसैगरी १५ गते ४४८७ संक्रमित थपिँदा ६ हजार ८० निको भएका छन् ।

१३ गते ६९३९ संक्रमित थपिँदा ७२२६ निको हुँदा १२ गते ६७१४ संक्रमित थपिँदा ६७१६ निको भएका मन्त्रालयको तथ्याङक छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म ३१ लाख २१ हजार १२० जनाको कोरोना परीक्षण गर्दा ५ लाख ८१ हजार ५ सय ६० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये ४ लाख ७६ हजार १३० जना निको हुँदा ७ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ ।
९७ हजार ६९९ जना भने अझै पनि सक्रिय संक्रमित रहँदा ७ सय ५५ जना क्वारेन्टाइनमा छन् ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




