राष्ट्र बैंकबाट अनुमति पाएपछि नारायणी हकप्रद शेयर निष्काशनको तयारीमा

-


     सफल आवाज    
     जेठ २२ गते २०७८ मा प्रकाशित


काठमाडौं, २२ जेठ । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई १०० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकबाट अनुमति पाएपछि बैंकले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशनको लागि प्रक्रियाहरुलाई अगाडी बढाएको छ ।

बैंकले गएको माघ १६ गते आयोजना गरेको साधारण सभामा १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशनको प्रस्तावलाई पारित गरेपछि राष्ट्रपति समक्ष स्वीकृतिको लागि आवेदन दिएको थियो ।

राष्ट्र बैंकबाट माग गरे बमोजिम नभई १ः१ को अनुपातमा नारायणीले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख ३४ हजार कायम रहेको छ । बैंक यसैमा १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रियामा अगाडी बढेको हो । गत माघ १३ गतेबाट फागुन ३ सम्म बैंकले १०० प्रतिशत हकपद शेयर जारी गरेको थियो ।