
काठमाडौं, २३ जेठ । गुर्जो, असुरो, वन हलेदो, सिमली, पारिजात, लसुन, प्याज, चिराइतो, पाँचऔले, निरमसी जस्ता जडिबुटीले शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने भएकाले यसलाइ मात्रा मिलाएर सेवन गर्न आयुर्वेद चिकित्सकले जोड दिएका छन।
गुर्जो र बेसारजस्ता जडिबुटीकै विषयमा ५०० भन्दा बढी अनुसन्धान गरी मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने प्रमाणित भएको ब्राह्मण समाज नेपालले जुम प्रविधिबाट आयोजना गरेको महामारी र आयुर्वेद विषयक प्रवचन कार्यक्रममा आयुर्वेद चिकित्सक डा ऋषिराम कोइरालाले बताएका हुन ।
भारतमा कोरोनाबाट बच्न जडिबुटीको औषधी दिने पाँच लाख आरोग्य धाम निर्माण भएको पनि उनले जानकारी दिए । त्यस्ता धाम नेपालमा पनि खोलिनुपर्ने उनको भनाई थियो । मानिसको दैनन्दिनी, के खाने ? के नखाने ? जस्ता विषयमा ध्यान दिएर पनि कोरोनाजस्ता महामारीबाट बच्न सकिने आयुर्वेदका चिकित्सकको सुझाव छ ।
कोरोनाका बिरामी राखिएका अस्पतालका नर्सले पनि योग र प्राणायाम गराएका उदाहरण सुनाउदै चिकित्सक कोइरालाले सूर्य नमस्कार, हिँडडुलजस्ता योग आसन एवं व्यायामले पनि मानव शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने बताएका थिए ।
गर्मी बढेको अहिलेको समयमा सुठो, मरिच, पिप्ला मिसाएर मुखमा राखे घाँटीको खसखस ठिक गर्ने, ज्वानु, मरिच राखेर वाफ लियो भने नाक र घाँटीमा रहेका किटाणुलाई निकाल्न सकिने उपचार विधि छ । कागती र फलफूलले शरीरलाई शुद्ध गर्न काम गर्ने भएकाले यसको पनि नियमित सेवन गरिनुपर्ने सल्लाह उनले दिए । मूला, फर्सीको बीउ, आलस, मधिशे बदाम, काजुजस्ता चिजबिजको प्रयोगले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ उनले भने ।
दैनिक एक चम्चा घिउले पनि एण्टी अक्सिडेण्टका रुपमा काम गर्ने भएकाले सेवन गर्न हुने सल्लाह चिकित्सकको छ । महामारीको यो बेलामा गेडागुडीका परिकार धेरै खान सुझाव दिइएको छ । तुलसी, बाबरी, घोडटाप्रे, रुधिलोजस्ता जडिबुटीले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्छ ।
पखाला लाग्दा ज्वानु र मरिचपानीमा उमालेर जीवनजल राखी खान सकिने चिकित्सक कोइरालाले बताए । समाजका उपाध्यक्ष महेश पराजुलीले महामारीका बेला अन्तरक्रिया नियमित रुपमा गरिने जानकारी दिए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




