
तस्विर : डा. अनुप बाँस्तोलाको फेसबुकबाट
काठमाडौं, २३ जेठ। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा अनुप बाँस्तोलाले बिरामीलाई समयमै अस्पताल पुर्याउन अनुरोध गरेका छन्। उनले कोरोना संक्रमितलाई सिकिस्त हुनुअघि नै अस्पताल पुर्याउन अनुरोध गरेका हुन्।
‘बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ’, उनले भने, ‘तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुनसक्छ। श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौं।’
अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको भएपनि काठमाडौबाहिरबाट सिकिस्त भएर बिरामी आउने क्रम चलिरहेकाे भन्दै उनले गाउँ-गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका हुनसक्नेमा चिन्ता व्यक्त गरे ।
‘अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको भएपनि काठमाडौंबाहिरबाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ’, उनले भने, ‘यसले गाउँ गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको छ।’
कोरोना माहामारीको दोस्रो लहरको उत्कर्षमा पुग्दा अस्पतालमा बेड अभावले धेरै बिरामीको घरमै ज्यान गएको तर अस्पताल आइपुगेका बिरामीको उपचारमा कुनै कसर बाँकी नराखेको उनकाे भनाइ छ।
‘दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने बाध्यताले गर्दा धेरैको ज्यान गुमायौं’, उनले थपे, ‘त्यो, महामारीको एउटा रुप नै हो। यद्यपि, अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं।’
कोरोनाविरुद्ध खोप नलगाएका बिरामीको तुलनामा खोप लगाएका कम मात्र सिकिस्त भएका भन्दै उनले सबै नागरिकलाई खोप लगाउन आवश्यक भएको बताए।
‘दोस्रो लहरको एउटा सुखद अनुभव भनौं, खोप लगाएका मानिस संक्रमित त भए तर, कम मात्र सिकिस्त भए’, डा. बाँस्तोलाले भने, ‘यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो। अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो।’
खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुनसक्ने औंल्याउँदै उनले कोभिड निमोनिया भएको ६-७ दिनमा बिरामीलाई निकै गाह्रो पर्ने र त्यो बेला सामान्य ठानेर अस्पताल नजाँदा बिरामी जोखिममा पर्न सक्नेमा सबैले ध्यान दिनपर्नेमा जोड दिए।
उनले दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा रहेको तर धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रुप लिन सक्ने भएकाले सचेत रहन पनि उनले सबैलाई अनुरोध गरेका छन्।
दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि कोरोना संक्रमितको संख्या तीन हप्ताको तुलनामा केही कम र स्थिर छ। बैशाखको पहिलो हप्ता टेकु अस्पतालको इमर्जेन्सीमा पुग्ने सिकिस्त बिरामीको संख्या जेठ अन्तिम हप्ता आइपुग्दा घट्दो क्रममा रहेको टेकु अस्पतालले जानकारी दिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




