नागरिक लगानी कोषले बोलायो असार १८ मा साधारण सभा, बुक क्लोज कहिले ?

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ जेठ । नागरिक लगानी कोषले १७.८९ प्रतिशत लाभांश बितरण गर्ने भएको छ । उक्त लाभांश असार १८ गते बोलाईएको २६ औं साधारण सभाबाट पारित भएपछि वितरण गरिने भएको छ ।

सभामा कम्पनीकोे गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर तथा ८.८९ प्रतिशत नगदसहित १७.८९ प्रतिशत लाभांश बितरणको प्रस्ताव पेश गरिने संचालक समितिका सचिव नवराज खड्काले जनाएका छन् ।

साधारण सभालाई लक्षित गर्दै कोषले असार ८ गते बुक क्लोज गर्ने बताएको छ । असारको ७ गतेसम्म शेयर कारोबार भई कायम भएका शेयरधनीहरु साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।