
काठमाडौँ,२३ जेष्ठ । कोका–कोलाले भर्चुअल प्रेस सम्मेलन मार्फत नेपालमा वल्ड विथआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराउदैं विश्व वातावरण दिवस मनाएको छ । विश्वकै एक मध्येको सबैभन्दा ठूलो हिमाल सफाई कार्यक्रमकाे दोस्रो संस्करण “सफा हिमाल अभियान २०२१” को समापनको घोषणा गरेको छ ।
२७,६७१ किलोग्राम फोहोर, ४ वटा मृत शरिर र एउटा मानव अवशेष सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता ६ वटा हिमालहरुबाट संकलन गरिएको जनाएको छ । थप सेग्रिगेशन र रिसाइक्लिंगको लागि काठमाडौँमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको कंपनीले जनाएको छ ।
हिमाल सफा अभियानका निर्देशक, नेपाली सेनाका ब्रिगेडियर जनरल हिमांशु खड्काले भने, “नेपाली सेनाको नेतृत्वमा र नेपाली सरकारको पहलमा सफा हिमाल अभियान २०२१ को २७.६ टनको फोहोर र चारवटा शवहरु विभिन्न हिमालहरुबाट निकालिएपछि सफलतापूर्वक सम्पन्न भयो ।
यो अभियान कोभिड–१९ महामारी र दुई वटा साइक्लोन टाउक्टे र यासको बावजुद सफल भयो । यो हाम्रो इन्भाइरोमेन्टल्ली रेस्पन्सिबल पार्टनरहरुको अटुट समर्थनका कारण सम्भव भएको हो । भविष्यको लागि हिमालहरु संरक्षण गर्न सफा हिमाल अभियानलाई निरन्तर रुपले समर्थन गरेकोमा कोका–कोला प्रति आभारी रहेकाे उनले बताए ।
नेपाली सेनाको नेतृत्वमा कोका–कोला र अन्य बहु–सरोकारवालाहरुको सहयोगमा रहेको अभियानको मूल उद्येश्य भनेको हिमालहरुको संरक्षण गर्नु र देशको ६ वटा उच्च चुचुराहरु सफा गरी जलवायु परिवर्तनको प्रभावलाई पनि कम गर्नु हो । कोका–कोलाले नेपालको प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्येश्यले सन् २०१९ मा स्थापना भए देखि हिमालय सफाई अभियानलाई सहयोग गर्दै आएको छ।
वल्ड विथआउट वेस्ट कार्यक्रम सन् २०१८ मा लन्च गरिएको थियो । यो कार्यव्रmम सन् २०३० सम्ममा सेल्सको १०० प्रतिशतको प्याकेजिंगको बराबरको संकलन र रिसायकल गर्ने कोका–कोलाको विश्वव्यापी प्रतिबद्धता हो । नेपालमा कम्पनीले स्थानिय एप्रोचलाई प्रयोग गरेर विश्वव्यापी दृष्टिकोण र लक्ष्य हासिल गर्ने प्रयास गरिरहेको छ र हाम्रो बोटलिंग पार्टनर, सरकार, गैरसरकारी संस्था, उद्योगका साथीहरु र स्थानीय समुदायहरुलाई डिजाइन–कलेक्ट–पार्टनर फ्रेमवर्क प्रयोग गरेर दीर्घकालीन साझेदारी निर्माण गर्न पहुँच गरेको छ ।
बीएनएलले दिगोपनका लागि गरेका प्रयासहरुको बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “फोहोर व्यपस्थापनको क्षेत्रमा हामीले जिम्मेवारी व्यवस्थापनको चुनौतिलाई आवश्यक पर्ने गति प्रदान गर्न र पिईटी बोतलहरु रिसाइकल गर्न धेरै पहल गरेका छौँ । हिमाल सफाई अभियान र रणनीतिक स्थानहरुमा सूभनामूलक पिईटी संकलन बिनहरुको स्थापना जस्ता विभिन्न कार्यक्रमहरु मार्फत हामीले समुदायमा फोहोर अलग्याउने, प्याकेजिंग र रिसाइक्लिंग सम्बन्धी जागरुकता सिर्जना गरेका छौँ ।”
पिईटी फोहोरको रिसाइकलको समाधान खोज्न बहु–सरोकारवाला दृष्टिकोण अनुकरण गर्न कोका–कोलाले स्थानीय नगरपालिका, व्यवसायहरु, नागरिकहरु र फोहोर उठाउनेहरुसँग हातेमालो गरेको छ । कम्पनीले संकलन र रिसाइक्लिंग प्रणाली निर्माण र तीव्र गर्न लक्षित रहेको ग्लोबल इनिसिएटिभ्सबाट पाठ सिकेको छ र यसलाई नेपालको स्थानीय वातावरणमा अनुकूलित गरेको छ।
नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले याे कार्यक्रम वल्ड विथआउट वेस्ट नेपालको एक प्रमुख कार्यक्रम भएकाेले हामी हाम्रो प्याकेजिंग डिजाइनलाई पुनर्विचार गर्ने बताए । हामीले प्लास्टिक शरकुलर अर्थव्यवस्थालाई लागु गर्न र रिसाइक्लिंगलाई नेपालमा बढावा दिन उद्योगका साथीहरु, पर्यावरणविदहरु, सरकार र नागरिक समाज संगठनहरुसँग साझेदारी गरेको उनले बताए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




