हवाई इन्धनको मूल्य घट्यो

-



     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ जेठ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।

निगमले सूचना निकालेर आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य घटाएको जानकारी दिएको हो ।

अब हवाई इन्धन प्रति किलो लिटर ७१५ अमेरिकी डलर कायम गरिएको निगमका प्रवक्ता इन्जिनियर विनित मणि उपाध्यायले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि हवाई इन्धन प्रति किलो लिटर ८९३ अमेरिकी डलर रहेकोमा १८७ डलर घटाइएको हो ।

निगम संचालक समितिले कोरोनाको कारण सिर्जना भएको वर्तमान अवस्था रहन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखेर मूल्य निर्धारण गर्ने नीति पारित गरेपछि मूल्य घटेको हो ।