सोमबारको विनिमय दर, कुनको कति ?

-



     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी विनिमय दर तोकेको छ ।

सोमबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ५० पैसा र बिक्री दर ११७ रुपैयाँ १० पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ७५ पैसा र बिक्री दर १४२ रुपैयाँ ४८ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ७६ पैसा तोकेको छ।

यसैगरी बहराइन दिनार १ को खरिद दर ३०९ रुपैयाँ ०१ पैसा र बिक्री दर ३१० रुपैयाँ ६१ पैसा, कुवेती दिनार १ को खरिद दर ३८७ रुपैयाँ २४ पैसा र बिक्री दर ३८९ रुपैयाँ २३ पैसा, युएई दिराम १ को खरिद दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७४ पैसा, बिक्री दर ३ रुपैयाँ ७६ पैसा, कतारी रियल १ को खरिद दर ३१ रुपैयाँ ९९ पैसा र बिक्री दर ३२ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ ०६ पैसा र बिक्री दर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ राष्ट्र बैंकले जनाएको छ ।