ललितपुर महानगरपालिकाले मंगलबार र बुधबार नगरवासीलाई कोरोना खोप लगाउने

-



     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ जेठ । ललितपुर महानगरपालिकाले मंगलबार र बुधबार नगरवासीलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई मंगलबार र बुधबार खोप लगाउने तयारी गरिएको जानकारी दिए ।

उनीहरुलाई चीनबाट ल्याइएको भरोसिल खोपको पहिलो डोज दिइने उनले बताए ।

यसले भेरोसिलको दोस्रो डोज लगाउन छुटेकाले पनि मंगलबार र बुधबार सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउने सक्नेछन् ।