बूढानीलकण्ठमा खोप तयारी

-



     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ जेठ । बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहलाई ३ दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ।

नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।

ती खोप गणेश मावि वडा २, गणेशचोक, र नेशनल आइडियल बोर्डिङ स्कूल, वडा ९, मण्डिखाटार र बालउद्धार मावि वडा १०, कपनबेखबाट उपलब्ध गराइने छ।