शेयर बजार सकारात्मक लयमा, मध्यान्हसम्म ४ अर्ब ९७ करोड बढीको कारोबार

-



     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ जेठ । साताको दोश्रो दिन सोमबार शेयर बजार सकारात्मक लयमा देखिएको छ । सूचकहरूमा भने छिन छिनमा परिवर्तन देखिने गरेको छ ।

नेप्से मध्यान्हसम्म आउँदा ४.९४ अंकले बढेर २९११.८५ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५३ अंकले बृद्धि भई ५२१२.५४ विन्दुमा पुगेको छ ।

अहिलेसम्म २०५ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ८० लाख २ हजार ४२० कित्ता शेयरको खरिदबिक्री भएको छ भने ४ अर्ब ९७ करोड ८० लाख ३ हजार ७३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मध्यान्हसम्म आउँदा बैंकिङ, व्यापार र होटल तथा पर्यटन उपसमूह बाहेक बाँकी सबै उपसमूहमा हरियाली छाएको छ ।