भारतको एक रसायन उद्योगमा आगो लाग्यो : १८ मजदुरको मृत्यु

-



     सफल आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



भारत महाराष्ट्रको पुणे शहरमा एक रसायन उद्योगमा आगो लाग्दा कम्तिमा १८ मजदुरको मृत्यु भएको छ ।

लागो लाग्नुअघि उद्योगमा ३७ जना रहेकामा १८ को मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

अहिले हराइरहेका र आगोभित्र फसेकाहरुको खोजी तथा उद्धारको काम भैरहेको छ ।

उनीहरुको खोजी तथा उद्धारको लागि भवका झ्याल ढोला भत्काइएको छ ।

अहिलेसम्म आगो लाग्नुको कारण खुलेको छैन ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा परि मृत्यु भएकाको परिवारलाई दुई लाख र घाइतेका लागि ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।