
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने नयाँ योजना सार्वजनिक गरेको छ । आफ्ना उपभोक्ताका लागि कम्पनीले ‘विन्टर अफर’ नामक विशेष उपहार योजना ल्याएको हो ।
क्लासिकसहित पाँच फरक स्वादमा बजारमा उपलब्ध एक्स्ट्रिम इनर्जी ड्रिंकको यो योजनाअन्तर्गत छ जना भाग्यशाली उपभोक्ताले सुनको क्यान उपहार प्राप्त गर्नेछन् ।
योजनामा सहभागिताका लागि कम्पनीले डिजिटल प्रविधिको प्रयोग गरेको छ । उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । स्क्यान गरेपछि मागिएको विवरण दर्ता गरेसँगै उपभोक्ता उपहार योजनामा सहभागी हुनेछन् ।
कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी भाग्यशाली विजेता घोषणा गरिनेछ ।
पाँच फरक स्वादमा आफ्ना उत्पादन बजारमा उपलब्ध गराएको अवसरमा कम्पनीले यो विशेष अभियान सुरु गरेको हो । नयाँ स्वादको विस्तारसँगै उपभोक्तासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उपहार योजना ल्याइएको कम्पनीले जनाएको छ ।
उपभोक्ताबाट प्राप्त निरन्तर माया र विश्वासप्रति आभार व्यक्त गर्दै सुरु गरिएको यस अभियानमार्फत छ जना उपभोक्तालाई सुनको क्यान उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।






काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



