६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा आजदेखि

-



     सफल आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ जेठ । सरकारले मंगलबारदेखि कोरोना भाइरस (कोभिड-१९) विरुद्ध चीनले बनाएको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ ।

आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा दिन लागिएको हो ।

खोप लगाउन जाने नागरिकले आफ्नो उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर सम्बन्धित खोप केन्द्रमा जानुपर्नेछ।