सुन तोलामा ३ सय र चाँदी ५ रुपैयाँ बढ्यो

-



     सफल आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ जेठ । सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९४ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ३ सय रुपैयाँ घटेर सुन तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्टिय बजारमा भाउ बढेकाले नेपालमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।