बुधबारको विनिमय दर : कुनको कति ?

-



     सफल आवाज    
     जेठ २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ जेठ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी विनिमय दर तोकेको छ।

राष्ट्र बैंकले बुधबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ३३ पैसा र बिक्री दर ११६ रुपैयाँ ९३ पैसा तोकेको छ।

यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ६२ पैसा र बिक्री दर १४२ रुपैयाँ २५ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ४५ पैसा र बिक्री दर १६५ रुपैयाँ ३० पैसा तोकेको छ।

यसैगरी बहराइन दिनार १ को खरिद दर ३०८ रुपैयाँ ६० पैसा र बिक्री दर ३१० रुपैयाँ १९ पैसा, कुवेती दिनार १ को खरिद दर ३८६ रुपैयाँ ७२ पैसा र बिक्री दर ३८८ रुपैयाँ ७२ पैसा, युएई दिराम १ को खरिद दर ३१ रुपैयाँ ६७ पैसा र बिक्री दर ३१ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७३ पैसा र बिक्री दर ३ रुपैयाँ ७५ पैसा, कतारी रियल १ को खरिद दर ३१ रुपैयाँ ९४ पैसा र बिक्री दर ३२ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ २ पैसा र बिक्री दर ३१ रुपैयाँ १८ पैसा तोकिएको छ।