प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

-


     सफल आवाज    
     जेठ २६ गते २०७८ मा प्रकाशित


काठमाडौं, २६ जेठ । प्रभु बैंकले जारी गरेको ऋणपत्रमा बुधबार बेलुकीसम्म आवेदन दिन सकिनेछ ।

१० वर्ष अवधिको ‘८.५० प्रभु बैंक डिबेन्चर २०८७’ मा बुधबार बेलुकीसम्म आवेदन दिन सकिनेछ ।

वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ऋणपत्रमा आवेदन दिने समय बुधबार (जेठ २६) अन्तिम दिन तोकिएकाले बुधबार बेलुकीसम्म आवेदन दिन सकिने भएको हो ।

ऋणपत्रमा आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ ।

बैंकले जेठ ११ गतेदेखि जेठ २६ सम्मका लागि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ ।